२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एलआइसी नेपालको जीवनसाथी योजना सार्वजनिक

एलआइसी नेपालको जीवनसाथी योजना सार्वजनिक

1.2K
Shares

काठमाडौं-लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले जीवनसाथी नामक नयाँ बिमा योजना सञ्चालनमा ल्याएको छ । प्रणय दिवसको पूर्वसन्ध्यामा कम्पनीले ‘रहनेछ साथ, जीवनपश्चात्’ भन्ने सन्देशका साथ दम्पतीका लागि नयाँ बिमा योजना सञ्चालनमा ल्याएको हो । काठमाडौंमा  आयोजित एक कार्यक्रममाझ बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ बिमा योजनाको औपचारिक सार्वजनिक गरेका हुन् ।

नयाँ बिमा योजना सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै समितिका निमित्त कार्यकारी निर्देशक पौडेलले नेपालमा बिमाको पहुँच १७ प्रतिशत पुगेको बताए । तर, कम्पनीमा बिमा समर्पण दर बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले कम्पनीले ल्याएको नयाँ जीवन बिमा योजनाले श्रीमान्–श्रीमतीको नै सुरक्षण गर्ने हुँदा दम्पतीका लागि यो अति नै उपयोगी हुने उनले बताए ।

कम्पनीले ल्याएको सो योजना १८ देखि ६० वर्षसम्म उमेरका व्यक्तिले खरिद गर्न सक्नेछन् । उक्त योजना न्यूनतम बिमांक रकम ३ लाख रुपैयाँसम्म कायम गरिएको छ भने अधिकतम बिमांकको सीमा बिमा अन्डरराइटिङ नियमअनुसार जति पनि लिन सकिन्छ । योजनामा बिमा अवधि १५ वर्षको हुनेछ । बिमा अवधिमा बिमितको निधन भएमा बिमांक र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिन्छ र बाँकी अवधिका लागि निजको श्रीमान् वा श्रीमतीलाई बिमांकको ५० प्रतिशत निःशुल्क जीवन बिमा जोखिम वहन गरिन्छ । न्यून बिमाशुल्कमा लिन सकिने यो जीवन साथी योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी अशक्तता लाभसमेत उपलब्ध छन् । २ वर्षको बिमाशुल्क भुक्तानीपश्चात् बिमितले कम्पनीबाट कर्जा तथा बिमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij