२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

1.2K
Shares

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता भएको छ ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै कैलाश विकास बैंकका ग्राहकले बिमा शुल्क भुक्तानी, बिमालेख खरिद तथा बिमा दाबी भुक्तानी सहज रूपमा सन नेपालबाट प्राप्त गर्न सक्नेछन् । साथै, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बिमालेख कैलाश विकास बैंकका सबै शाखामार्फत उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij