काठमाडौं– नबिल बैंक र अजोड इन्स्योरेन्सबीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । नबिल बैंकका रिटेल व्यवसाय प्रमुख नीरज शर्मा र अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक महेशराज खरेलले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवासुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij