काठमाडौं– लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकमा लक्ष्मीप्रसाद दास चयन भएका छन् । कम्पनीको ९७औँ सञ्चालक समितिको बैठकले १५ माघबाटै दासलाई ३ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।
यसअघि कम्पनीका नायब महाप्रबन्धक अभिजित घोष दस्तिदारले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पनि सम्हालेका थिए । एमबिएसम्म अध्ययन गरेका दाससँग २६ वर्षभन्दा लामो समय जीवन बिमा क्षेत्रको अनुभव रहेको छ ।
एलआइसी अफ इन्डियामा अधिकृतस्तरबाट सेवा सुरु गरेका दास यसअघि भारतको उडिसा राज्यको भुवनेश्वरस्थित एलआइसी अफ इन्डियाको डिभिजन कार्यालयमा सिनियर डिभिजनल म्यानेजरका रूपमा कार्यरत थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij