२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायबल लाइफ र ग्लोबल आइएमई बैंकबीच सम्झौता

रिलायबल लाइफ र ग्लोबल आइएमई बैंकबीच सम्झौता

955
Shares

काठमाडौं– ग्लोबल आइएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्ससम्बन्धी सहमति भएको छ । सम्झौतापछि ग्लोबल आइएमई बैंकका ग्राहकले सबै शाखामार्फत रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा योजना खरिद गर्न सक्नेछन् ।

सहमतिसँगै जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा छिटो, छरितो एवं भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ । ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै बैंकका ग्राहकले बिमा शुल्क भुक्तानी, बिमालेख खरिद तथा बिमा दाबी भुक्तानीलगायत सुविधा रिलायबल लाइफ इन्स्योरेन्सबाट सहज
रूपमा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, इन्स्योरेन्स कम्पनीका विभिन्न बिमालेख नेपाल बैंकका सबै शाखामार्फत उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij