२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकबीच बैँकास्योरेन्स

सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंकबीच बैँकास्योरेन्स

1.1K
Shares

काठमाडौं– सन नेपाल लाइफ इन्स्योरेन्स र मेगा बैंक नेपालबीच बंैकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । सहमतिसँगै मेगा बैंकका सबै शाखाबाट सन नेपालको सेवा उपलब्ध हुने बताइएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले सोमबार बैंकास्योरेन्स सेवासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै बैंकका ग्राहकले बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमादाबी भुक्तानीलगायत सुविधा सन नेपाल लाइफ इन्स्योरेन्सबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बिमालेख मेगा बैंकका सबै शाखामार्फत उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij