२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंकबीच बैंकास्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंकबीच बैंकास्योरेन्स

1.1K
Shares

काठमाडौं– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र कञ्चन विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सिना र कञ्चन विकास बैंकका  प्रमुख कार्यकारी अधिकृत बिरुराम जैसीले बैंकास्योरेन्ससम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बैंकका ग्राहकले कञ्चन विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रूपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको बिमालेख खरिद गर्न तथा जीवन बिमासम्बन्धी जानकारी लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij