२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एशियन लाईफ इन्स्योरेन्सले ल्यायो नयाँ बीमा योजना

एशियन लाईफ इन्स्योरेन्सले ल्यायो नयाँ बीमा योजना

1.5K
Shares

काठमाडौं-एशियन लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग सम्बन्धि नयाँ बीमा योजना ल्याएको छ । कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्नको लागी “एशियन क्रिटिकल केयर” पुरक करार बीमा योजना सार्वजनिक गरेको छ ।

यस ऐच्छिक सुविधा मार्फत बीमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका १८ प्रकारका घातक रोग मध्ये कुनै पनि एक घातक रोग निरुपण भएमा उपचार खर्चवापत ५० लाख रुपैयाँ सम्म भुक्तानी पाउने छन् ।

यस कम्पनीले २९ वटा शाखा र ७९ वटा उपशाखा गरी १०८ वटा कार्यालय मार्फत् सेवाग्राहीलाई घरदैलोमा बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने चालु आर्थिक वर्षको  पौष मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको छ ।

यस बीमा योजनाका बिशेषताहरु :

१८ वटा घातक रोगविरुद्धको रक्षावरण
रु. ५० लाख सम्मको एकमुष्ठ बीमा रकम प्राप्त हुने
बीमा रकम लिन अस्पतालको बील पेश गर्नु नपर्ने
बीमाङ्क : रु. ५० हजारदेखि रु. ५० लाखसम्म
प्रवेश उमेर १६ वर्षदेखि ६० वर्षसम्म

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij