२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनआइसी एसिया बैंकद्वारा बिमा दाबी भुक्तानी

एनआइसी एसिया बैंकद्वारा बिमा दाबी भुक्तानी

1.5K
Shares

काठमाडौं-एनआइसी एसिया बैंकले ‘प्रिमियम समुन्नति बचत खाता’का ग्राहक स्वर्गीय राजकृष्ण श्रेष्ठको बिमा दाबी रकम हस्तान्तरण गरेको छ । गत कात्तिकमा दुर्घटनामा परी निधन श्रेष्ठका हकवाला रजतकृष्ण श्रेष्ठलाई बैंकले बिमा दाबीबापत ५ लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठीले बिहीबार श्रेष्ठलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

हाल बैंकले देशभर २ सय ७० शाखा, २ सय ८९ एटिएम, ३७ एक्सटेन्सन काउन्टर एवं २२ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij