२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एशियन लाईफले ल्यायो नयाँ बीमा योजना

एशियन लाईफले ल्यायो नयाँ बीमा योजना

2.1K
Shares

काठमाडौं– एशियन लाईफ इन्स्योरेन्स कम्पनीले समय सापेक्ष नविनतम “दम्पती सुरक्षा प्लस संयुक्त सावधिक” जीवन बीमा योजना बजारमा ल्याएको छ । इन्स्योरेन्सले पारिवारिक खुशीका पलहरुमा आर्थिक सुरक्षाको अनुभूती प्रदान गर्न उक्त योजना प्रचलनमा ल्याएको हो ।
यस योजना अन्तर्गत एउटै बीमालेखबाट श्रीमान–श्रीमती दुबै जनाको बीमाङ्कको साढे दुई गुणासम्म छुट्टाछुट्टै जोखिम बहन हुने कम्पनीले जनाएको छ । त्यस्तै, ५० हजार रुपैयाँदेखि माथि जतिसुकै रकमको बीमा गर्न सकिने र ठूलो बीमाङ्कको बीमाशुल्क रकममा छुट पाइने छ ।

यस योजनाको विभिन्न विशेषताहरु जस्तै, दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्गरअशक्त सुविधा एवं बीमा शुल्क छुट तथा मासिक, त्रैमासिक, अद्र्धवार्षिक तथा वार्षिक रुपमा बीमा शुल्क भुक्तानीको सुविधा रहेको छ ।
यस बीमा योजना अन्तर्गत बीमा अवधि समाप्त हुने मितिसम्म दुबै बीमित जीवित रहेमा पूरै बीमाङ्क रकम र आर्जित बोनस पाइने छ । बीमा अवधि भित्र दुईमध्ये एक बीमितको मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र आर्जित बोनस पाइने छ ।
त्यस्तै, बीमा अवधिभित्र अर्को बीमितको पनि मृत्यु भएमा बीमाङ्कको १०० देखि २५० प्रतिशत रकम र बीमा अवधि समाप्त हुने मितिसम्म दुईमध्ये एक बीमित मात्र जीवित रहेमा पूरै बीमाङ्क रकम पाइने इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij