२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गुराँस लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच सम्झौता

गुराँस लाइफ इन्स्योरेन्स र सनराइज बैंकबीच सम्झौता

1.5K
Shares

काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्स र सनराइज बैंक लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम ग्राहकहरुले सनराइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । साथै, यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij