काठमाडौं– सानिमा जनरल इन्स्योरेन्सले नेपालगञ्जमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक खेमराज लामिछाने तथा विशेष अतिथी नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डनको उपस्थितिमा नेपालगञ्ज उप महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले गरेका थिए ।
क्त कार्यक्रमको सभापतित्व कम्पनीका संचालक खेमराज लामिछानेले गरेका थियो भने स्वागत मन्तब्य तथा कम्पनीको वारेमा कम्पनीका सहायक महा प्रबन्धक राजु पौडेलले गरेका हुन् ।
कम्पनीले सबै प्रकारका निर्जिवन बीमाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविधुत, कृषि तथा पशुबीमा, दुर्घटना, सामुद्रिक, हवाई र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको सर्वसुलभ पहुँच पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij