काठमाडौं–नेपाल पुनर्बिमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच पुनर्बिमासम्बन्धी सम्झौता भएको छ । बुधबार आयोजित एक कार्यक्रममा पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिसँगै नेपाल सरकारले चालू आव ०७५÷७६ को बजेटमा व्यवस्था गरेबमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्साको पुनर्बिमा हुने बताइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij