काठमाडौं-सन नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एसिया बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै एनआइसी एसिया बैंकका ग्राहकले बिमाशुल्क भुक्तानी, बिमालेख लिन तथा बिमादाबी भुक्तानीलगायत सुविधा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्नेछन् भने सन नेपाल लाइफ इन्स्योरेन्सको बिमालेख एनआइसी एसिया बैंकका शाखामार्फत उपलब्ध हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij