२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

प्रभु लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ जीवन बीमा योजना

प्रभु लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ जीवन बीमा योजना

2.6K
Shares

काठमाडौं– प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ जीवन बीमा योजना“श्री वृद्घि जीवन बीमा योजना” सार्वजनिक गरेको छ । विहीबार सम्पन्न एक कार्यक्रमका बीच कम्पनी संचालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेले उक्त नयाँ जीवन बीमा योजना सार्वजनिक गरेका छन् । कार्यक्रयमा डा.घिमिरेले प्रभु लाइफले यसै गरी जनमानस बीच उत्कृष्ट जीवन बीमा योजनाहरु ल्याउ्रँदै जाने कुरा बताए ।
कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत कम्पनीका व्यवस्थापन समूहका सदस्यहरु तथा विभिन्न संघ संस्थाहरुका महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लामिछानेले यो जीवन बीमा अत्यन्तै प्रभावकारी हुने जानकारी व्यक्त गरे । साथै, गा्रहकहरुलाई यस जीवनवीमा बाट धेरै नै लाभ हुने कुरामा दुईमत नरहेको र कम्पनीको उत्कृष्ट जीवन बीमा योजनामा श्री बृद्धि जीवन वीमा योजना रहेको जानकारी गराए । हाल ४० शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल क्रमशः बिस्तार गर्दै लैजाने लक्ष्य रहेको जानकारी समेत व्यक्त गरे ।
यस श्रीवृद्घि जीवन बीमा योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष पाँच प्रतिशतका दरले वृद्घि हुँदै जाने छ तर बीमा शुल्क (प्रिमियम) भने जीवन बीमा अवधि भरि नै एकैनास हुनेछ । साथै, २० वर्षमा बीमा रकम २० लाखको हुने छ । बोनस सहित बीमितले बीमाङ्कको करिब ३ गुणा रकम एकमुष्ठ फिर्ता पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij