२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लिवर्टी ईनर्जी कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

लिवर्टी ईनर्जी कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

2.2K
Shares
cof

काठमाडौं– लिवर्टी इनर्जी कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ ।
उक्त सम्झौतापत्रमा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका थिए ।
लिवर्टी इनर्जी कम्पनीद्धारा प्रवद्र्धित लमजुङ जिल्ला स्थित २५ मे।वा। क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजनाको प्रभावित स्थानीय तथा सर्वसाधारण समेतको लागि साधारण शेयर जारी गर्न प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जी कम्पनी र बिक्री प्रवन्धक एनआईविएल एस क्यापिटलबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
कम्पनीको हाल अधिकृत पुँजी १ अर्व ५० करोड रहेकोमा उक्त पूँजीको १०५ का दरले हुन आउने १५ करोड बराबरको १५ लाख कित्ता शेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई र थप १५५ अर्थात २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा जारी गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij