२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु

मन्दिरको प्रसाद खाँदा ११ को मृत्यु

1.1K
Shares

एजेन्सी- कर्नाटकको चमराजनगर जिल्लामा एक मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ को मृत्यु भएको छ भने दर्जन बढीको स्थिती गम्भीर छ ।

मैसुरुलगायतका अन्य अस्पतालमा करिब ७० जनालाई भर्ना गरिएको बताइएको छ ।घटना सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरको हो । प्रसाद नखाने मरिअप्पा नामका एक व्यक्तिले भने, ‘हामीलाई पूजापछि गोलभेंडा र भात खान दिइएको थियो । भात गन्हाइरहेको थियो । जसले यसलाई फ्याँके, उनीहरु ठिक छन् तर जसले यो खाए, उनीहरुलाई बान्ता हुन थाल्यो र पेट दुख्न थाल्यो ।’

स्थिती यस्तो छ कि प्रसाद खाने कागको समेत मृत्यु भएको छ । मैसुरु रेन्जका आइजीपी एच.सी. शरत चन्द्रले बीबीसी हिन्दीलाई भने, ‘मृत्यु हुने ११ जनामा तीन महिला समावेश छन् । हानुर, कोल्लेगल र मैसुरुका अस्पतालामा लगभग ७० लाई भर्ना गरिएको छ ।’

पुलिसले घटनास्थलबाट स्याम्पल लिएर फोरेन्सिक ल्याबमा परीक्षणका लागि पठाएको छ । मृत्युको कारण किटनाशक हुनसक्ने आशंका व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij