२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सिभासले ल्यायो नयाँ ह्विस्की

सिभासले ल्यायो नयाँ ह्विस्की

960
Shares

मदिरा उत्पादक कम्पनी सिभासले ‘सिभास एक्सभी’ नामक नयाँ ह्विस्की बजारमा ल्याएको छ । १५ वर्ष पुरानो स्कट ह्विस्की ब्लेन्डिङ गरिएको यो मदिरा कम्पनीको सबैभन्दा पछिल्लो उत्पादन भएको कम्पनीले जनाएको छ । १५ वर्ष पुरानो माल्ट र ग्रेनको ह्विस्की विश्वमै राम्रो मदिरा बनाउने कास्क ग्र्यान्ड क्याम्पेनले निर्माण गरेको कास्कमा उत्पादन गरी सिभास एक्सभीलाई अलग गुणस्तर दिइएको कम्पनीले जनाएको छ । 

सिभासको ब्लेन्डिङ विभागका निर्देशक स्यान्डी हाइस्लोपले भने, ‘सिभास जीवन र ह्विस्की दुवैमा राम्रो मिश्रण हुनुपर्छ भन्ने विश्वास गर्छ । सिभास एक्सभीले सफलतापूर्वक सिभास परम्परा र धैर्यताको मिश्रण गर्न सफल भएको छ ।’ कुनै पनि रमाइलो वातावरणमा सिभास एक्सभीले रौनकता थप्न कुनै पनि कसर बाँकी नराख्ने उनको भनाइ थियो । 

१९औँ शताब्दीमा स्कटल्यान्डका मदिरा विशेषज्ञ मानिएका जेम्स र जोन सिभासले मधुर स्वादको स्कच ह्विस्की ब्लेन्ड गरी सिभासको विकास गरेका थिए । त्यसको २ सय वर्षपछि स्यान्डीले ह्विस्की ब्लेन्डमा नयाँ आविष्कार गरेको कम्पनीले जनाएको छ । कुनै पनि भिडभाड वा महोत्सवमा सिभासको विशेष प्रकारको सफा बोतल नै यसको पहिचान बनिसकेको र ह्विस्कीप्रेमीका बीचमा उपहारका रूपमा समेत यसले लोकप्रियता हासिले गरेको कम्पनीले जनाएको छ । 

विश्वकै मुख्य विमानस्थलका साथै नेपालमा समेत यो ह्विस्की उपलब्ध रहेको छ । यसको मूल्य प्रतिलिटरको १० हजार २ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij