२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौको भृकुटीमण्डपमा तेस्रो नेपाल मेडिकल एक्स्पो सुरु

काठमाडौको भृकुटीमण्डपमा तेस्रो नेपाल मेडिकल एक्स्पो सुरु

1.1K
Shares

काठमाडौं-एसडी प्रोमो मिडिया प्रालि र केमिकल तथा मेडिकल एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा आजदेखि तेस्रो नेपाल मेडिकल एक्स्पो काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ। एक्स्पोको उड्घाटन स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादवले गरेका थिए।
मेडिकल क्षेत्रको आधुनिक विकास हुँदै गर्दा नयाँ नयाँ ल्याब उपकरणहरु पनि भित्रिँदै गएका छन्। यस्ता उपकरणको बारेमा विस्तृत जानकारी गराउन तथा बिक्री गर्ने उद्देश्यले मेला चलिरहेको छ।
तीन दिन चल्ने एक्सपोमा सर्जिकल र मेडिकल उपकरणका २०० भन्दा बढी स्टल राखिएका छन् भने नेपाल, भारत, पाकिस्तान, इजरायल, चीन आदि देशको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij