२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मोवाईल चोरी गर्ने कार्यमा संलग्न ४ जना पक्राउ 

मोवाईल चोरी गर्ने कार्यमा संलग्न ४ जना पक्राउ 

1.1K
Shares

भक्तपुर– भक्तपुर नगरपालिका च्यामासिंह बस्ने धनलाल घिसिङको कोठाबाट माधव थोकरको मोवाइल चोरी गरेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका ८ जगाती बस्ने मोरङ रतमाई नगरपालिका (५ घर भएका मोवाइल पसलका संचालक ३० वर्षीय प्रेमकुमार श्रेष्ठ, काभ्रे पनौती नगरपालिका( ७ बस्ने १९ वर्षीय सुवेस धुसा, मोरङ भोगटेनी गाउँपालिका(८ फडानी घर भएका १८ वर्षीय पूर्णबहादुर गदाल र भक्तपुर सूर्यबिनायक नगरपालिका(७ बस्ने २५ वर्षीय सुसन नागा रहेका छन् ।
निज थोकरले गत असोज २१ गते चार्जमा राखेको मोवाईल हराएको भनि महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा प्रेम कुमारको मोवाइल पसलमा फेला पारी अनुसन्धान गर्ने क्रममा उक्त मोवाइल चोरीमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठको पसलबाट शंकास्पद मोवाईल १४ थान र ट्याबलेट २ थान समेत प्रहरीले बरामद गरी थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij