२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारको एक वर्षसम्मको काम देखिएन – अध्यक्ष थापा

सरकारको एक वर्षसम्मको काम देखिएन – अध्यक्ष थापा

1.1K
Shares

सुर्खेत– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको कार्यकाल जनअपेक्षाअनुसार नभएको बताएका छन्। पार्टी कार्यकर्तालाई प्रदेशस्तरीय प्रशिक्षण दिन सुर्खेत पुगेका थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सरकारको कामबारे टिप्पणी गरेका हुन्।
‘जतिबेला चुनाव थियो त्यतिबेला वर्तमान सरकारमा रहेको पार्टीले राष्ट्रियताका राम्रै मुद्दा उठाएका थियो, त्यसकारण पनि जनताले बहुमत प्रदान गरे’ अध्यक्ष थापाले भने, ‘जनताले जुन एजेण्डाका आधारमा अपेक्षा गरेका थिए, त्यसअनुसार सरकारको एक वर्षसम्मको काम देखिएन।’
जनताले अपेक्षा अनुसारको सरकारबाट अनुभुति गर्न नपाएकोले सरकार असफल हुँदै गएको उनले बताए ।
अध्यक्ष थापाले केही दिनअघि भएको एसिया प्यासिफिक समिटमा सरकारले जनाएको तामझामपूर्ण सहभागिता आपत्तिजनक रहेको बताए।
धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको उत्साहपूर्ण सहभागिताले अल्पसंख्यकलाई रिझाउने नाममा बहुसंख्यकको विचार र आस्थामाथि सरकारले आघात पुर्‍याएको थापाले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij