२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चर्चित बाल गायक अशोक दर्जीको नयाँ गीत चौरीको चाम्रो छुर्पी सार्वजनिक

चर्चित बाल गायक अशोक दर्जीको नयाँ गीत चौरीको चाम्रो छुर्पी सार्वजनिक

1.8K
Shares

काठमाडौँ – चर्चित बाल गायक अशोक दर्जीको नयाँ गीत चौरीको चाम्रो छुर्पी सार्वजनिक भएको छ ।

गीतमा अशोक दर्जीलाई टंक बुढाथोकी र उनका छोरा एआर बुढाथोकीले साथ दिएका छन् । टंक बुढाथोकीको शब्द रहेको गीतमा संगीत पनि उनैले भरेका छन् ।

‘मन बिनाको धन ठूलो कि’ भन्ने गीतबाट सांगीतिक यात्रा सुरु गरेका बाल गायक अशोक यतिबेला निकै भाइरल चर्चामा छन् ।

गीति भिडियोमा एआर बुढाथोकी, टंक बुढाथोकी, डिआई रुपक बासु कला मैनाली, दीपिका शर्मा लगायतकोको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij