२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

चैत्र २२ गतेबाट ‘जीवन काडा कि फूल’ प्रर्दशनमा आउने

चैत्र २२ गतेबाट ‘जीवन काडा कि फूल’ प्रर्दशनमा आउने

1.5K
Shares

काठमाडौं -मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति र दुइओटा पोष्टर सार्वजनिक गरिएको हो ।
२०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काडा कि फूल’मा आधारित यो चलचित्रको पोष्टर चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो । कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्रका निर्माता तथा निर्देशक बिनोद बिष्ट, चलचित्रकी सहनिर्माता तथा गायिका जुनु गौतम, सङ्गीतकार राजु सिह, नायक धिरन शाक्य, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, नेपाल पत्रकार संघ काठमाडौंका अध्यक्ष शान्तिराम बिडारी, चलचित्रकी कलाकार सारिका घिमिरे, कलाकार किशन सुनवार, छयाँकार शिव ढकाल, नृत्य निर्देशक कमल राईलगायतले पोष्टर सार्वजनिक गरेका थिए ।

विशाल गौतमको सहजीकरणमा भएको कार्यक्रममा बच्चादेखि जेष्ठ नागरिकसम्मले पुस्तकमा पढिएकी अर्थात कहिले काहीँ टेलिभिजनको स्क्रिनमा देखिने र सुनिने साहित्यकार झमक घिमिरेको जीवन कहानीलाई समेटी निर्माण गरिएको यो चलचित्रले केही प्रेरणा दिने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्माता तथा निर्देशक विष्टले बताए ।

चर्चित साहित्यकार घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृष्णा र तिस्कारको कहानीलाई पुस्तकमा उतारेकी थिइन् अब त्यो पर्दामा देखिने भएको छ भन्दै अतिथिहरुले चलचित्र सफलताको शुभकामना दिएका थिए ।
घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायाँकन गरिएको चलचित्रको निर्माता विनोद विष्ट भारतको सिलगुडीका रहेका छन् ।
चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे रहेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबीलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij