काठमाडौं– संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको छ।
सिंहदरबारमा बिहीबारबसेको परिषद् बैठकले राणालाई प्रधानन्यायाधीश सिफारिश गरेको हो ।
न्यायपरिषदले प्रधानन्यायाधीशमा सिफारिश गर्न राणा र दीपकराज जोशीको नाम पठाएको थियो।
संसदीय सुनुवाइ समितिले राणाको नाम अनुमोदन गरेपछि उनी पुस १७ पछि प्रधानन्यायाधीश बन्नेछन्।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले १७ गते अवकाश पाउँदैछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij