२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दराजले १२.१२ क्याम्पेन गर्ने

दराजले १२.१२ क्याम्पेन गर्ने

1K
Shares


काठमाडौं –अनलाइन बजार दराजले प्रयोगकर्ताको किनमेल अनुभवलाई अझै स्तरीय बनाउन नयाँ अभियान सुरु गरेको छ । दराज १२.१२ अभियानअन्तर्गत यही डिसेम्बर १२ तारिखसम्म क्रेताले चुनिएका महिला र पुरुषका फेसन, घरायसी उपकरण, मोबाइल फोन, खाद्य–सामग्री, जीवनशैली, सौन्दर्य र अरू पनि धेरै सामानहरूमा ठूलो छुटको अपेक्षालाई सम्मान गर्दै मिस्ट्री बक्सहरूसँगै नयाँ आकर्षण, दराजमल र कलेक्टिबल भौचरहरूले १२.१२ लाई यो डिसेम्बर महिना वास्तवमै भिन्न अनुभवयुक्त महिना बनाउने कम्पनीले जनाएको छ ।

दराज मलका सामानको सहुलियतको आनन्द लिन प्रयोगकर्ताले दराज मललाई गृहपृष्ठ, १२.१२ क्याम्पेन अथवा उनीहरूको मन परेको ब्रान्डलाई नामद्वारा खोजी गरेर सजिलै फेला पार्न सक्ने जनाइएको छ ।

त्यस्तै, अर्को विशेषतामा कलेक्टिबल भौचर रहेको जनाइएको छ । यसमा सुविधामय तरिकाले सञ्चय गर्न सकिने र प्रयोगकर्ताको खातामा जम्मा गरेर तिनको म्याद सकिनुअगावै प्रयोग गर्नुपर्ने जनाइएको छ । भौचरहरू एकपटक सम्बन्धित प्रक्रिया पूरा भएपछि कार्टमा स्वतः नै लागू हुनेछ सोही प्रक्रियामा धेरैवटा भाउचर प्रयोग गर्न सकिनेछ ।

प्रयोगकर्ताले सम्बन्धित स्टोर, ब्रान्ड अथवा नयाँ दराज एपको गृहपृष्ठमा भौचर बटनमार्फत वा १२.१२ क्याम्पेन वा प्रिय स्टोर पेज अथवा चुनिएका स्टोरहरूलाई फलो गरी सरप्राइज उपहारका रूपमा भाउचरहरू संकलन गर्न सक्ने जनाइएको छ । यसअघि दराजले ११.११ क्याम्पेन आयोजना गरेको थियो । सो अभियानमा उपभोक्ताको उल्लेख्य सहभागिता भएपछि कम्पनीले नयाँ अभियान सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij