२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित

नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा ध्रुव तिमिल्सिना निर्वाचित

2.7K
Shares

 

काठमाडौं–नेपाल मर्चेण्ट बैंकर्स संघको अध्यक्षमा सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न संघको नवौँ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिमा ७ सदस्य निर्विरोध निर्वाचित गरेको छ ।
त्यस्तै, उपाध्यक्षमा एनआइबिएलएस क्यापिटल लिमिटेडका महाप्रवन्धक मेघबहादुर थापा, महासचिवमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र कोषाध्यक्षमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, सदस्यहरुमा कृति क्यापिटल लिमिटेडका प्रवन्ध निर्देशक दिपेशकुमार वैद्य, नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सविर वादे श्रेष्ठ र आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा। रमेश कुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
साधारण सभाबाट संघको विधान संशोधन गरी पुँजीबजारमा कार्यरत अन्य संघ संस्थाहरुलाई एशोसियट सदस्यको रुपमा संघमा आवद्य हुने मार्ग प्रशस्त गरिएको छ ।
साथै, सभामा संघ मर्चेन्ट बैकिङ्ग सम्बन्धी एशीयाली राष्ट्रहरुको संगठन एशियन सेक्युरीटीज फोरममा आवद्ध हुन प्रकृया अगाडि बढाउने कार्यक्रम समेत पारित गरिएको छ ।त्यस्तै, पुँजीबजारको विकासमा अग्रसर हुने तथा यसलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न कार्यक्रमहरु गर्ने प्रतिवद्धता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij