२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

माथिल्लो तामाकोशीको शेयर बाँडबाँड

माथिल्लो तामाकोशीको शेयर बाँडबाँड

1.9K
Shares

 

काठमाडौं–नागरिक लगानी कोषको निष्काशन तथा विक्री प्रवन्धक रहेको माथिल्लो तामाकोसी हाइड्रोपावरको शेयर मंगलबार बाँडफाँड गरिएको छ ।

सामुहिक लगानी कोषका लागि छुट्याइएको  ७ लाख ९४ हजार २५० कित्तासहित कूल १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर गत कात्तिक १५ देखि १९ सम्म सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।
नतिजाअनुसार ५० कित्तादेखि १००० कित्तासम्म आवेदन दिने  आवेदनहरुको ६ करोड ४६ लाख १८ हजार ८४३ कित्ता शेयरको लागि न्यूनतम ४० कित्ताका दरले  १ करोड ३३ लाख ६३ हजार शेयर बाँडफाँड गरिएको छ ।
यस्तै फाँडफाँडबाट बाँकी रहेका १७ लाख २७ हजार ७५० कित्ता शेयरका लागि पुन ३ लाख ३४ हजार ७५ जना आवेदक मध्येबाट गोलाप्रथाद्वारा १० कित्ताका दरले  कूल १ लाख ७२ हजार ७७५ जना आवेदक छनोट गरी थप गरिएको जनाइएको छ ।

शेयरका लागि ३ लाख ३९ हजार ७७५ जनाले आवेदन दिएका थिए । जसमध्ये १२ लाख ९८ हजार ९८० कित्ता शेयरका लागि परेको ५७०० जनाको आवेदन भने रितपूर्वक नभएको पाइएपछि रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij