२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

स्वदेशी लघुवित्तको असोज २५ देखि हकप्रद शेयर निस्काशन हुने

स्वदेशी लघुवित्तको असोज २५ देखि हकप्रद शेयर निस्काशन हुने

3.2K
Shares

अर्थ नेपाल काठमाडौं/स्वदेशी लघुवित्तले असोज २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।
लघुवित्तले शेयरधनीहरुलाई एक बराबर एक अनुपातमा ११ करोड ५० लाख रुपैयाँ बराबरको साढे ११ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
हकप्रदमा आवेदन दिन चाहानेहरुले कात्तिक २६ गतेसम्म एनआइसी एसिया क्यापिटल, स्वदेशी लघुवित्त, तथा सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन ।
केयर रेटिङ्ग नेपालले कम्पनीको यस हकप्रदमा ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ जसले कम्पनीको अवस्था औसतभन्दा कमजोर देखाउछ ।
लघुवित्तले शेयरधनीहरुलाई हकप्रद बिक्रीपछि कायम हुने चुक्ता पुँजीबाट लाभांश वितरण गर्न लागेकोले यो हकप्रद भर्नेले समेत लाभांश पाउनेछन ।
हाल साढे ११ करोड चुक्ता पुँजी रहेको लघुवित्तले गत आर्थिक वर्षमा ३ करोड ७७ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ८ पैसा कायम गरेको थियो

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij