अर्थ नेपाल काठमाडौं /ज्योति लाइफ इन्स्योरेन्सले संचालनको दोस्रो वर्षमा प्रवेश गरेको छ । कम्पनिले एक वर्षमा ३७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । २०७४ आश्विन ८ गतेबाट व्यवसाय सुरु गरेको ज्योति लाइफले यस अवधिमा ७ आकर्षक बीमालेख जारी गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।
यस अवधिमा कम्पनीले १८१ करोड लगानी गरेको छ । कम्पनीले देशभर ७५ वटा शाखा संजाल समेत बिस्तार गरेको छ ।
वार्षिक उत्सवको अवसरमा कम्पनीले सम्पुर्ण बीमा सुविधा सहित आफ्नो कर्मचारीहरुको सामूहिक म्यादी जीबन बीमा सुरु गरेको छ ।
यस अवसरमा कम्पनीले संस्थापक शेयरधनी, कर्मचारीहरु, अभिकर्ता तथा एजेन्सी म्यानेजर, वित्तिय संस्था तथा संस्थागत अभिकर्ता, बीमितहरु लगायत बीमा समिति तथा अन्य नियामक निकायहरु प्रति आभार प्रदान गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij