
अर्थ नेपाल काठमाडौं/ धादिङको निलकण्ठ नगरपालिका र आइएमई जनरल इन्स्योरेन्सबीच सम्पूर्ण किसानको पशुपन्छी तथा कृषि बीमा गर्ने सम्वन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका थिए ।
अब नगरापालिकामा रहेका सम्पूर्ण किसानले पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा गर्नसक्ने छन्। त्यस्तै नगराबासीको दुर्घटना बीमा गराई नेपालमा एक नमूना नगरको रुपमा स्थापित गराइने मेयर भिम प्रसाद ढुङ्गानाले बताए।
‘बीमा पश्चात कुनै किसानलाई क्षति भएमा त्यसको क्षतिपूर्ति तुरुन्त प्राप्त गर्ने गराउनेगरी आइएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरिएको हो।’ उनले भने।
त्यस्तै आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij