२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अध्यात्म र व्यवसायमा सफल

अध्यात्म र व्यवसायमा सफल

8.6K
Shares

 

अर्जुन प्रसाद पाण्डे
अध्यक्ष
ब्रर्दर अटो प्रा.लि.
जीवनलाई सहज रुपमा लिँदै अघि बढ्दा पनि सफल हुन सकिन्छ भन्ने उदाहरण हुन व्यवसायी अर्जुन प्रसाद पाण्डे । योजनाबद्ध भन्दा पनि हरेक अवसरलाई सदुपयोग गर्न सक्ने खुबि भएकोले नै आफ्नो जीवनलाई सहज र सफल बनाएका छन। नुवाकोटको चतुरालेमा जन्मेका उनी अहिले ओशोको अभियन्ताको रुपमा सक्रिय छन् । स्वामी देव सुन्दरको नामबाट परिचित उनी अहिले आफ्नो व्यवसाय र ओशोको अभियन्ताको रुपमा आफ्नो जीवन सर्मपण गरेका छन् । नुवाकोटमा जन्मेपनि काठमाडौंमा हुर्केका उनले नेपाल ल क्याम्पसबाट उच्च शिक्षा हासिल गर्दै गर्दा इंल्याण्ड गए । करिव चार वर्ष विदेश बसाईमा पछि नेपाल फर्किएका‘ सहकारि क्षेत्रमा काम गर्न थाले । मेनपावर कम्पनि, हाईड्रो पावर हुँदै हाल अटो मोबाईल क्षेत्रमा सक्रिय छन् । बिदेशमा काम गर्दा उनले मासिक लाखौंको आम्दानी हुन थालेपछि बिरक्तिएका उनि १४ बर्ष अधि आए देखिनै ओशो संग जुडिएका हुन । त्यसपछि उनको विस्तारै ओशोको ध्यान, योग र ज्ञान प्रति झुकाव बढ्दै गयो । नजिकका दाईको माध्यम मार्फत ओशो तवोबनमा गएर सन्यासी बनेका हुन । ओशोको प्रवचनबाट प्रभावित भएर नै सन्यासी जीवन विताउन थालेका उनी आज ओशोको ज्ञानबाट उनी सफल जीवन विताइरहेका छन् ।
उनी सानैदेखी योजनाबद्ध भन्दा पनि आफ्नो अगाडी आएका अवसर र चुनौतिहरूको सदुपयोग गर्दै अघि बढ्ने स्वभावका गर्दा सफलता प्राप्त गर्दै आएका छन् । उनि यो सफलतालाई गुरूप्रसाद को रूपमा लिएका छन् । ब्रर्दर अटो प्रा.लि., सदिक्षा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र सदिक्षा ईन्भष्टमेन्ट प्रालि जिम्मेवारीमा रहेका उनी आफ्नो जिम्मेवारी सफलतापुर्वक निर्बाह गर्दै आएका छन् । अध्यात्मिक ज्ञान, योग र ध्यान आजको २१ औं शताब्दीमा हाम्रो जीवनमा उपयोगी हुने उनी बताउँछन् । ओशोको ध्यान र साधना शिविर आयोजना गर्ने सिलशिलमा देशका विभिन्न भागमा धुमि रहेका छन् ।

लामो सयमदेखी ओशोको सन्यासी भएका पाण्डेका बुबा, आमा पनि ओशोको सन्यासी बन्दा जीवनको सबै भन्दा खुशी भएको क्षण बताउँछन् । उनी भन्छन् – ‘ छोराछोरी बुबा आमा गरेको काम ब्यबसाय मा लाग्ने सामान्य अबस्था भन्दा पनि आफ्नो बुबाआमाले छोराले रोजेको ओशो को ध्यान र सन्या‘शको मार्गमा लागेकाले आन्नदित छन् । सदगुरू ओशोको मार्गमा बुबा आमा लाग्नु जीवनको अविस्मरिणीय क्षण भएको उनी बताउँछन् ।

सहकारीको अध्यक्ष भएको नाताले उनले नेपालको सहकारीको बारेमा नजिकबाट बुझेका छन् । सदिक्षा सहकारीको अध्यक्षसगैं उनले व्यवस्थापनको पनि काम गर्दै आएको छन् । जसले गर्दा उनी बढि समय सहकारीलाई दिने गरेका छन् । देश विकासको लागि सामाजिक सद्भाव र आर्थिक सम्बृिद्ध तर्फ देशलाई लैजानु पर्ने आवश्यकता रहेको उनले देखेका छन् । ध्यान र योगलाई पनि समय दिने गरेका उनी सहकारीको समय पछि मात्र आफ्नो व्यवसायलाई समय दिन्छन् । व्यवसाय साझेदारीमा सञ्चालन भएको कारण पनि उनलाई सजिलो भएको छ । नेपालमा सहकारी क्षेत्रले आर्थिक विकासको लागि ठुलो योगदान दिएको छ । बैकिङ क्षेत्र नपुगेका क्षेत्रमा सहकारी पुगेको छ भने मानिसमा बचत गर्ने बानिको विकास भएको पाण्डे बताउँछन् । बचत गर्नुका साथै व्यवसायमा लगानी गर्नका लागि सहज ऋण पाउने भएको हुँदा किसानदेखी व्यवसायीलाई ठुलो सहयोग पुग्ने उनको अनुभव छ । विभिन्न क्षेत्रमा लगानी गरेका उनले नेपालमा प्रबल सम्भावना देखेका छन् । दृढ इच्क्षा शक्ति र मेहनत गर्न सकेमा जुनसुकै क्षेत्रमा सफल हुने उनको विश्वास छ । अटो, सहकारी, जलविद्युत ,धर जग्गा‘ शेएर मार्केट लगायतको क्षेत्रमा लगानी गरेका उनले आफ्नो पेशा र व्यवसायमा इमान्दारिताका साथ काम गरिरहेका छन् । विदेशमा हासिल गरेको अनुभव अहिले उनी नेपालमा प्रयोग गरिरहेका छन् । देशमा दक्ष जनशक्तिको अभाव भइरहेको छ । देशमा नभएका कुराहरु खोज्दा बढि समस्या भएको उनले देखेका छन् । गाउँघरमा खेती योग्य जमिन बाजो राखेर विदेश जाने गर्नाले बाहिरबाट आयात गर्नु पर्ने अवस्था आएको उनले बताए । हिजो बाउ बाजेको पालामा अन्न उत्पादनकै भरमा जीवन चलाउने अवस्था थियो । पानि र पर्यटन सदुपयोग गर्न सकेको खण्डमा देश तथा जनताको उन्नती हुने उनको विश्वास छ । अहिले उनी व्यवसाय र ओशोको बारे बाहेक अन्य कुरामा ध्यान दिएका छैनन् । लामो सयमदेखी ओशोको सन्यासी भएका पाण्डेका बुबा, आमा पनि ओशोको सन्यासी बन्दा जीवनको सबै भन्दा खुशी भएको क्षण बताउँछन् । उनी भन्छन् – ‘ छोराछोरी बुबा आमा गरेको काम ब्यबसाय मा लाग्ने सामान्य अबस्था भन्दा पनि आफ्नो बुबाआमाले छोराले रोजेको ओशो को ध्यान र सन्या‘शको मार्गमा लागेकाले आन्नदित छन् । सदगुरू ओशोको मार्गमा बुबा आमा लाग्नु जीवनको अविस्मरिणीय क्षण भएको उनी बताउँछन् ।
जीवनलाई खेलको रुपमा बुझेका उनी आफ्नो जन्म र मृत्यृको रहस्य खोजिरहेको बताउँछन् । जिबनमा सदगुरू ओशो शिष्य हुने सौभाग्य पाऊनु नै अध्यात्मिक जीवन को शुरूवात ठान्ने उनि प्रत्येक मानिसले कुनै एक गुरूको चरणमा बस्नु पर्ने ठान्छन् । हालैका दिनमा पुराना ओशोको शिष्य अशोक भारतीलाई नेपाल ल्याए पछि ओशो तपोवनको विज्ञप्ती र बिरोध पछि बिबादमा तानिएका यस विषयमा उनी भन्छन्– ‘ओशोका सबै शिष्य बाराबर हुन, संसार सबैको साझा घर हो व्यक्तिगत र ब्यवसायीक कुरालाई लिएर तपोवनले धृर्णा र द्दौष वातावरण सृजना गरेको भनाई छ । ध्यान र प्रेमको कमि र सांगठनिक ओशो धर्मको बिकास यसका कारक तत्व रहेको बुझाई छ । ‘गुरूको बिश्वास र प्रेरणा’ अनुरूप जिउन सिकेकोले नै होला, आफ्नो परिवारको साथ खुशी जीवन विताइरहेका पाण्डे आफ्नो काम र कर्म प्रति सन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij