२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ओप्पोको नयाँ फोन ‘एथ्रीएस’ बजारमा

ओप्पोको नयाँ फोन ‘एथ्रीएस’ बजारमा

1.9K
Shares


अर्थ नेपाल काठमाडौं/ओप्पोले नेपाली बजारमा नयाँ फोन एथ्रीएस सार्वजनिक गरेको छ।
यसमा १३ र २ एमपीका डुअल रियर क्यामेरा तथा ८ एमपी फ्रन्ट क्यामेरा छ। २ जीबी र्याम र १६ जीबी सञ्चय क्षमता रहेको फोनमा क्वालकम स्न्यापड्रागन ४५ ओक्टा कोर प्रोसेसर समावेश छ।
४ हजार २३० एमएएच पावरको ब्याट्री जडित छ। यसको मूल्य १९ हजार ४ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।
ओप्पोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओेले फोनमा डुअल क्यामेरा सेटअप, सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स म्युजिक पार्टीसमेत रहेको बताए।
उनका अनुसार स्पिकरको प्रयोग गर्न नसकिने स्थानमा म्युजिक पार्टीबाट संगीतको मज्जा लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij