
अर्थ नेपाल काठमाडौं/आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्ना थप दूई शाखा स्थापना गरेको छ । कम्पनिले चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा विस्तार गरेको छ ।
कम्पनीको टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले र कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कर्यकारी अधिकृत श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij