
अर्थ नेपाल काठमाडौं/चिनियाँ फोन उत्पादक कम्पनी हुवावेले नोभा सिरिजअन्तर्गतका नोभा थ्री तथा नोभा थ्री आई नेपाली बजारमा सार्वजनिक गरेको छ।
यी स्मार्टफोनमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली (एसओसी) जडान गरिएको छ।
नोभा थ्री तथा नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै आर्टिभिसल इन्टेलिजन्स ९एआई० प्रणाली जडित छ।
दुवैमा दुईवटा फ्रन्ट क्यामराहरु छन्। २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ।
नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफ १.८ वाइड एपेर्चर ६ पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ। यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रा तस्वीर खिच्ने कम्पनीको दावी छ। थ्री आईको रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर छ।
अघिल्ला संस्करणका स्मार्टफोनभन्दा यी स्मार्टफोन आकर्षक र पातलो रहेको हुवावेले जनाएको छ। दुवै फोनमा आइरिस ब्लू कलरको प्रयोग गरिएको छ। दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ। नोभा थ्रीमा किरिन ९७० एसओसी जडान गरिएको छ। नोभा थ्री आई किरिन ७१० एसओसी जडित छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij