२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पञ्चकन्या माई हाइड्रोपावरको आईपिओ खुल्यो

पञ्चकन्या माई हाइड्रोपावरको आईपिओ खुल्यो

2K
Shares

अर्थ नेपाल काठमाडौं/पञ्चकन्या माई हाइड्रोपावरले ११ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ । कम्पनीले सार्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड रुपैयाँ बराबरको सेयर जारी गरेको हो ।
निष्काशन गरिएको सेयरमध्ये, ४ प्रतिशत अर्थात ४४ हजार कित्ता कर्मचारीहरुको लागि, ५५ हजार कित्ता सामुहिक लगानी कोषको लागि र १० लाख एक हजार कित्ता सर्वसाधारणको लागि रहेको छ । कम्पनीले सामुहिक लगानी कोषको लागि छुट्टाएको ५५ हजार कित्ता समानुपातिक रुपमा बाँडफाँड गरिसकेको छ ।
आइपिओ आवदेनको लागि नेपाल धितोपत्र बोर्डबाट स्विकृतीप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ ।
सर्वसाधारणको लागि छिटोमा साउन ४ गते र पहिलो चरणमा नविकेको खण्डमा ढिलोमा साउन १५ गतेसम्म बिक्री खुला गर्नेछ । न्यूनतम ५० कित्ता र अधिकतम ५५०० कित्तासम्मको लागि आवेदन दिन सकिने बताइएको छ ।
जारी पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको ८० प्रतिशत सेयर संस्थापकको रहेको छ भने १० प्रतिशत आयोजना प्रभावित क्षेत्रलाई बिक्री गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij