अर्गानिक र गुणस्तरिय खानाका लागि रिसोर्ट खोलेका हौं

बालकृष्ण पोखरेल
निर्देशक
नौविसे एग्रो रिसोर्ट

युवा व्यवसायी बालकृष्ण पोखरेल होटल व्यवसायसगैं सौन्दर्य प्रतियोगिताको इभेन्ट म्यानेजमेन्टमा सक्रिय छन् । पोखरेल स्टार वान इन्टरटेनमेन्टमा समेत आवद्ध रहेका छन् । होटल म्यानेजमेन्ट अध्ययन गरेका उनीसंग नेपालका पाँच तारे होटलदेखी विश्वकै टप होटल मेरियट लगायत अन्य पाँच स्टार होटलमा काम गरेको अनुभव छ । काठमाडौंको होटल रानी महल प्रा.लिका प्रबन्ध निर्देशक समेत रहेका पोखरेल र उनको समुहले धादिङ जिल्लाको नौविसेमा अर्गानिक होटलको रुपमा नौविसे एग्रो रिसोर्ट सञ्चालनमा ल्याएको छ । एग्रो रिसोर्टका निर्देशक रहेका पोखरेलसंग नेपालमा होटल व्यवसायको सम्भावना र चुनौतीका बारेमा  गरेको कुराकानी :

नेपालमा होटल व्यवसायको अवस्था कस्तो छ ?
नेपालमा होटल व्यवसाय राम्रै छ । आन्तरिक र बाह्य पर्यटनलाई केन्द्रीत गरेर सञ्चालित होटलहरुले सुविधा थपेर ग्राहकलाई सन्तुष्ट बनाउने प्रयासमा रहेका छन् । राजनीतिक स्थिरतासगैं अब देशले आर्थिक सम्बृद्धिको बाटो अंगालेको हुँदा देशको महत्वपूर्ण खम्बाको रुपमा रहेको पर्यटन र यससंग सम्बन्धीत व्यवसायले गति लिन्छ भन्ने आशावादी छौं ।
राजधानीमा होटल व्यवयास गरिरहुन भएको तपाईले धादिङमा रिर्सोट खोल्नुको कारण ?
काठमाडौंबाट करिब २० किमीको दुरीमा रहेको नौविसेमा काठमाडौंको भिडभाडबाट टाढा रहेर स्थानिय तहमा उत्पादित र आफ्नै बँगैचामा फलेका अर्गानिक खानाको लागि नै हामीले यो रिसोर्ट खोलेका हौं । शान्त र पारिवारिक वातावरण दिनका लागी यो रिसोर्ट सधै तयार छ । सुविधा सम्पन्न कोठा, गुणस्तरिय, अर्गानिक स्वास्थ्यवर्धक खाना, पार्किङको सुविधा, सेमिनार हल उपलब्ध छन् । साथमा अर्गानिक रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेका छौं । रिसोर्टमा फलेका अर्गानिक फलफुलका साथ तरकारी पाइन्छ भने केहि समयमा नै यहि पालेका गाईभैंसीका दुधसम्म सेवन गर्न पाइनेछ । आफ्नै जग्गा भएको हुँदा हामी छिट्टै सबै सुविधा ल्याउछौं ।
यहाँ व्यवसाय चलाउन कतिको गाह्रो छ ?
व्यवसाय भनेको चुनौति पूर्ण काम हो । म चुनौति पूर्ण काम गर्न सधै रुचाउछु आजसम्म सफल भएको छु । हामी जुन लक्ष्यका साथ रिसोर्ट सञ्चालनमा ल्याएका छौं । त्यसमा हाम्रो टिम सफल हुन्छ भन्ने पूर्ण आशावादी छु । अरुले के ग¥यो भनेर हेर्ने भन्दा पनि आफुले ग्राहकलाई कस्तो सेवा दिने भनेर सोच्ने गर्दछु ।
व्यवसाय सञ्चालन गर्दाको समस्या कस्ता छन् ?
नेपालमा होटल सञ्चालन गर्दाको मुख्य समस्या भनेको कर्मचारी नै हो । विदेशमा भन्दा राम्रो तलव, सेवा सुविधा दिँदा पनि विदेश जान खोज्दछन् । जसले गर्दा कर्मचारी अभाव हुने गरेको छ । विदेश जाने परम्परा जस्तै भएको छ । उता जस्तो पनि काम गर्न तयार हुने नेपाली नेपालमा राम्रो काम गर्न पनि मान्दैनन् । हामीले यो रिसोर्टमा स्थानीय युवाहरुलाई रोजगारी दिइरहेका छौं । आगामी दिनमा पनि स्थानीय नै पहिलो रोजाईमा हुनेछन् ।
तपाईहरुले कसलाई लक्षित गरेर रिसोर्ट सञ्चालनमा ल्याउनु भएको हो ?
राजधानीबाट नजिक भएको हुँदा काठमाडौं उपत्याकाका ग्राहकहरुलाई लक्षित गरेका छौं । साथै नेपाल घुम्न आउने पर्यटकहरुलाई छोटो दुरीमा अर्गानिक खानाको साथमा रमणिय वातावरणमा घुमाउने लक्ष्य हो ।
तपाईहरुको राज्यसंग अपेच्क्षा कस्ता छन् ?
राज्यले व्यवसायीलाई सुरक्षित व्यवसाय गर्ने वातावरण बनाइदिनु पर्दछ । पहिलेको भन्दा त धेरै नै सजिलो भएको छ । राज्यले लगानी मैत्री वातावरण बनाइदिने हो भने अरु काम त हामी व्यवासायीले गर्दछौं । स्थानिय तहले व्यवयायीले विशेष प्राथामिकतामा राख्नु पर्दछ । आर्थिक वृद्धिका लागि रोजगारीको अवसरहरु सृजना गर्नु पर्दछ । सरकारले सहयोग गर्ने हो भने हामीले धेरै काम गर्न सक्ने थियौं ।
भावि योजना के छ ?
नेपालमा होटलको क्षेत्रमा केहि नयाँ गर्ने सोचका साथ नौविसेमा नौविसे एग्रो रिसोर्ट सञ्चालन ल्याएका छौं । यहिबाट पर्यटनको क्षेत्रमा काम गर्ने नै भावि योजना हो ।
अन्त्यमा ?
आफु पनि युवा भएको कारण युवाहरुलाई देशमा नै केहि गर्न आग्रह गर्दछु । विदेशमा नजाने होइन तर त्यहाँ सिकेको सिप र ज्ञानलाई नेपालमा प्रयोग गर्नु पर्दछ । नेपालमा मेहनतका साथ काम ग¥यो भने अवश्य पनि सफल भइन्छ । आजको भोली नै प्रतिफल खोज्नु हुँदैन । धर्यताका साथ काम गरेको खण्डमा एकदिन अवश्य पनि सफलता प्राप्त गर्न सकिन्छ । छिटो उपलब्धी खोज्दा असफल भइन्छ त्यसैले दिगो रुपमा काम गर्नु पर्दछ ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology