
अर्थ नेपाल स्याङ्जा / नेपाल टेलिकम दूरसञ्चार कार्यालयले स्याङ्जाको पर्यटकीय क्षेत्रको रुपमा रहेको मिर्मिमा आफ्नो पीएसटीएन टेलिफोन लाईन तथा एडीएसएल वितरणको क्षमतामा विस्तार गरेको छ । विस्तार पश्चात अब पीएसटीएन तथा एडीएसएल सेवाका नयाँ उपभोक्ताहरुले सहजै सेवा प्राप्त गर्ने भएका छन् ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायका अनुसार मिर्मिका उपभोक्ताहरुले नयाँ लाइन नपाएका कारण एडीएसएल समेत चलाउन नपाएको अत्याधिक गुनासो आएको र उपभोक्ताको माग सम्बोधनस्वरुप हाललाई यस अघि वितरित लाइन भन्दा ४८ लाइनको क्षमता मात्रै विस्तार गरिएको हो ।
नेपाल टेलिकमद्वारा वितरित पीएसटीएन लाइन भरपर्दो टेलिफोनका रुपमा लिइन्छ भने सो मार्फत फाइभ एमबीपीएस स्पिड क्षमता भएको हाईस्पिड ब्रोडव्याण्ड एडीएसएल इन्टरनेट समेत सहजै चलाउन सकिन्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij