२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनआईसी एशियाले ल्यायोे “अन्तर्राष्ट्रिय भिसा डलर क्रेडिट कार्ड” संञ्चालनमा

एनआईसी एशियाले ल्यायोे “अन्तर्राष्ट्रिय भिसा डलर क्रेडिट कार्ड” संञ्चालनमा

1.3K
Shares

अर्थ नेपाल काठमाडौं/एन आई सी एशिया बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर “अन्तर्राष्ट्रिय भिसा डलर क्रेडिट कार्ड” संञ्चालनमा ल्याएको छ ।
“बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै “अन्तर्राष्ट्रिय भिसा डलर क्रेडिट कार्ड” संञ्चालनमा ल्याएको जनाएको छ ।
नेपाल तथा भारत बाहेक अन्य जुनसुकै देशमा प्रयोग गर्न सकिने यस कार्डको प्रमुख विशेषतामा अमेरिकी डलर ५०० देखि १५,००० सम्मको कर्जा सिमा, निःशुल्क अनलाईन पेमेन्ट, कर्जा सिमितको ५०५ सम्म नगद झिक्न सकिने, १०५ वा शत प्रतिशत भुक्तानीको व्यवस्था र अधिकतम ४५ दिन सम्म सर्भिस चार्ज फ्रि क्रेडिट पेरि उपभोग गर्न सकिने रहेका छन् ।
अन्तर्राष्ट्रिय भिसा डलर क्रेडिट कार्डको प्रयोगबाट बढी भन्दा बढी ग्राहकले उच्चतम लाभ उठाउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij