
अर्थ नेपाल काठमाडौं/जनता बैंक नेपाल लिमिटेडको चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं.५ स्थित भण्डारामा नयाँ शाखा सञ्चालनमा आएको छ ।
पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्य शाखाहरुमा झैँ आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । बैंकले पूर्व पश्चिम राजमार्ग भएर आहोरदोहोर गर्ने ग्राहकहरुले यस शाखामार्फत थप सुविधा लिन सक्ने जनाएको छ ।
बैंकको देश भरीमा गरि शाखा सञ्जाल ११६, ४०शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij