
अर्थ नेपाल काठमाडौं/गण्डकी विकास बैंकले पोखरा स्थित रत्नचोक शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरेका थिए ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङ्गले अहिलेको यात्रा समृद्घिको यात्रा रहेको र यसलाई पुरा गर्न बैक तथा वित्तीय संस्थाहरु विच सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । अहिलेको प्राथमिकता पर्यटन, उर्जा कृषि र उद्योग व्यापार रहेको र बैंकहरुले पनि यी क्षेत्रहरुलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने भन्दै बैंकको निरन्तर सफलताको लागि शुभकामना दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले ग्राहकहरुको अगाध माया र विश्वासले वैक आज उत्कृष्ट विकास बैंकको रुपमा रहेको र ग्राहकलाई प्रदान गर्ने बैंकिङ्ग सेवा पनि सदैव उत्कृष्ट हुने प्रतिवद्घता व्यक्त गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij