
अर्थ नेपाल काठमाडौं/गृह मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ सय निर्माण व्यवसायीको विवरण बुझाएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुझाएको विवरणमा विभिन्न पूर्वाधार निर्माणको जिम्मेवारी पाएका व्यवसायीमध्ये दुई सयले मात्र समयमा काम सम्पन्न गरेको र अन्यले काम नसकेको देखिएको छ।
समयमा काम नगर्ने र गरे पनि राम्रो नगरेको गुनासोपछि गृहमन्त्रीले त्यस्ता व्यवसायीको विवरण माग गरेका थिए।
गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले मन्त्रालयलाई निर्माण व्यवसायीको विवरण गृहमा बुझाएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij