
अर्थ नेपाल
काठमाडौं /बुटवल पावर कम्पनी लिमिटेडको २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । मंगलबार सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
कम्पनीले आ.ब. २०७३/७४ को खुद मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको सो मात्राको नगद लाभांश दिने भएको छ ।
साथै, नयाँ सेयर निष्काशन पश्चात् सर्वसाधारण सेयरधनीहरुको सेयरको अनुपात अनुसार सर्वसाधारण सेयरधनीको तर्फवाट दुई जना संचालकहरुको प्रतिनिधित्व हुने गरी कम्पनीको नियमावलीको नियम संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।
यस कम्पनीले हालै चिनिया साझेदारहरु एससीआईजी इन्टरनेशनल लिमिटेड, जिङ्चेण्ड इन्टरनेशनल इन्भेष्टमेन्ट कम्पनी लिमिटेड एण्ड ओवाईईसी इन्टरनेशनल कम्पनी लिमिटेडसंगको संयुक्त लगानीमा मनाङ जिल्ला स्थित मस्र्याङदी नदीमा ६०० मेगावाटको माथिल्लो मस्र्याङदी(२ जलविद्युत आयोजना तथा २८२ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना विकासको लागि दुबै आयोजनाहरुका आयोजना कम्पनीका सेयरहरु खरिदको सम्झौताहरु सम्पन्न गरी स्वीकृतिको प्रक्रियामा रहेको छ ।
सो आयोजनाहरुको बीचमा कम्पनीले नै अध्ययन गरेको १४० मेगावाटको लोअर मनाङ मस्र्याङदी आयोजना रहेको छ । उल्लेखित तीनै आयोजनाहरु नदी वेसिन आयोजनाको रुपमा नेपाली बजारलाई लक्षित गरी प्रचलित निर्देशिका बमोजिम क्षमता पुनरावलोकन गरी विकास गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
त्यसैगरी, इन्फ्राको एसियासंगको संयुक्त लगानीमाहाल ३७।६ मेगावाटको कावेली ए जलविद्युत आयोजनातथा स्थानीय साझेदारसंगको संयुक्त लगानीमा ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ । सो दुबै आयोजनाहरुमा कम्पनीको मुख्य लगानी रहेको छ । मनाङ जिल्ला स्थित ८।५ मेगावाटको चिनोखोला साना जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको कार्य भईरहेको छ । हालै कम्पनीले १६० मेगावाटको मुगु कर्णाली आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य अगाडि बढाइएको कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij