२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ विकास बैंक र साराबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र साराबीच सम्झौता

1.3K
Shares

काठमाडौं/ मुक्तिनाथ विकास बैंक र साराबीच एनएफआरएस सम्बन्धी सम्झौता भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाले तोकेको लेखा मापदण्ड अनुसारले वित्तीय विवरण तयार गर्नको लागि मुक्तिनाथ विकास बैंक र साराबीच सम्झौता भएको हो ।

उक्त सस्थ र बैंक बिच एनएफआरएफ (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड) अन्तर्गत रही बैंकको गत ३ बर्षको वित्तीय विवरण तयार गर्ने विषयमा सम्झौता भएको हो । सम्झौताको क्रममा उक्त संस्थाले बैंकलाई यस सेवा सम्बन्धमा विभिन्न किसिमका तालिम तथा आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij