२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

कामना सेवा विकास बैंकको दुई शाखा विस्तार

कामना सेवा विकास बैंकको दुई शाखा विस्तार

2.2K
Shares

अर्थ नेपाल
काठमाडौं/कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गर्ने क्रममा एकै दिन दुई नयाँ शाखा विस्तार गरेको छ बैंकले लम्जुङको सुन्दरबजार नगरपालिकाको मुख्य बजारमा र पर्वतको कुस्मा नगरपालिकाको बडागांउ चौरमा नयाँ शाखा स्थापना गरेको छ । बैंकको शाखा संख्या ४८ पुगेको छ ।
हाल दुई अर्ब २८ करोड चुक्ता पुँजी, निक्षेप १४ अर्ब ३७ करोड तथा कर्जा १३ अर्ब २५ करोड रहेको छ ।
वित्तीय पहुँच नभएका ग्रामिण क्षेत्रमा समेत शाखा विस्तार गरी आफ्नो सेवा विस्तार गर्ने लक्ष्य सहित यस आर्थिक वर्षको जेठ महिना भित्रमा देशका विभिन्न भागमा अन्य थप १० वटा शाखा संचालनमा ल्याई कारोवार संजाल विस्तार गर्ने रणनीति सहित अगाडी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij