
अर्थ नेपाल
काठमाडौं/जनता बैंकले लमजुङ जिल्लामा दोर्दीमा आफ्नो नयाँ शाखा खोलेको छ ।
उक्त शाखाको उद्घाटन प्रदेश नंं ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गरुङले गरेका छन्। शाखा उद्घाटन कार्यक्रमको सभापतित्व बैंक संचालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले दोर्दीमा खुलेको शाखाले प्रत्येक गाउँपालिकामा बैंक शाखा पु¥याउने सरकारको नीतिलाई सहयोग पुगेको बताए।
त्यसैगरी कार्यक्रममा प्रदेश सभा सांसद मायानाथ अधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ, बैंक संचालक रामबहादुर भण्डारी र बिनित अग्रवाल, संचालक समितिका पूर्व अध्यक्ष उदय नेपाली श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
बैंक सञ्चालक समितिका अध्यक्ष रायमाझीले बैंकको सहयोग लिई जीवनस्तर उकास्न सर्वसाधारणलाई आग्रह गरे। बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले ग्रामिणतहसम्म बैंकिङ सेवा पुर्याउने लक्ष्यअनुसार शाखा खोलिएको बताए। साथै उनले शाखाको सहयोगबाट यस क्षेत्रका सर्वसाधारणमा उद्यमशीलता बढ्न जाने विश्वास व्यक्त गरे।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij