२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल टेलिकमको ९ महिनामा नाफा ११ अर्ब

नेपाल टेलिकमको ९ महिनामा नाफा ११ अर्ब

1.4K
Shares

अर्थ नेपाल
काठमाडौं /नेपाल टेलिकमले साउनदेखि चैतसम्म ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
हालै टेलिकमले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको यही अवधिको तुलनामा ४ दशमलब ७२ प्रतिशतले नाफा बढाएको छ।
यो अवधिमा टेलिकमले ३३ अर्ब ८५ करोड ३२ लाख ७० हजार रुपैयाँ कूल आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा आम्दानी भने ३ प्रतिशतले बढेको छ।
टेलिकमले फोन, इन्टरनेटबाट २९ अर्ब ३९ करोड कमाएको छ भने बाँकी ४ अर्ब ४६ करोड अन्य स्रोतबाट आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij