
अर्थ नेपाल
काठमाडौं/ क्यानडाको रेमिटवेयर पेमेन्ट कम्पनी र एनआईसी एसिया बैंक विच रेमिट्यान्स सम्झौता भएको छ।
अब क्यानडा र यूएईबाट रेमिट्यान्स भित्र्याउन सहज भएको बैंकले जनाएको छ। ति देशमा रहेका रेमिटवयेर पेमेन्टका एजेन्टमार्फत पठाएको रेमिट्यान्स एनआइसी एसिया बैंकका जुनसुकै शाखाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
साथै मुलुकभर रहेका ५ हजार ५ सयभन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ।
बैंकका हाल मुलुकभर २ सय शाखा कार्यालय, २ सय एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij