
काठमाडौ/१८बैशाख नेपाल पत्रकार महासंघकाे श्रमजीवी हित प्रवर्द्धन समितिले नेपाल एफएममा कालाे ब्यानर टाँसेर अान्दाेलन थालेकाे छ । महासंघका महासचिव रमेश बिष्टकाे नेतृत्वमा गएकाे अान्दाेलन टाेलीले एफएमकाे भवनमा ब्यानर टाँगेर अान्दाेलनकाे कार्यक्रम थालेकाे हाे । श्रमजीवी पत्रकार कर्मचारीलाई ५ महिनादेखि राेकिएकाे तलब अबिलम्ब उपलब्ध गराउनु पर्ने, श्रमजीवी पत्रकार ऐन अनुरुप सबै सेवा-सुबिधा दिनुपर्ने, पत्रकारहरुलाई बिभिन्न झुट्टा अाराेपलगाएर दुख दिने कार्य बन्दहुनुपर्नेलगायतका माग राखिएकाे समितिका सहसंयाेजक जन्मदेव जैसीले बताए । ब्यानर टाँसेपछि अान्दाेलन कार्सयक्रमलाई म्बाेधन गर्दै महासचिव विष्टले श्रमजीवीका माग पुरा नभए तालाबन्दीसम्म उत्रिन महासंघ बाध्य हुने चेतावनी दिए । “श्रमकाे मुल्य नदिने मिडिया बन्द हुन्छन् भने हाेउन् तर हाम्राे अान्दोलन राेकिदैन,” विष्टकाे भनाई थियाे । टाेलिमा संयाेजक रामप्रसाद दाहाल, सह संयाेजक जैसी, सदस्य यम बिरहीसहित नेपाल एफएम प्रतिशत अध्यक्ष बैकुण्ठ ढकाल, सचिव रघुनाथ बजागाई, सह सचिवद्धय सम्झना पाैडल, लगायतकाे उपस्थिति थियाे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij