
भैरहवा- लुम्बिनीमा पाँच हजार अट्ने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल बन्ने भएको छ । बुद्धजयन्तीको अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गरेकी छिन् ।
लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एसियाकै नमुना सभाहल बनाउन लागेको हो । ठूलो क्षमताको हल नहुँदा धेरै समस्या भएपछि लुम्बिनी विकास कोषले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्रसहितको सभाहलको निर्माण कार्य सुरु गरेको हो ।
केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हँुदा लुम्बिनीमा पाँच हजार क्षमताको हल बनाउने घोषणा गरेका थिए । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीको समेत सहभागिता थियो ।
३२ करोड लगानी हुने
लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र तथा सभाहल निर्माणका लागि झन्डै ३२ करोड खर्च लाग्ने भएको छ । सो हल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले २२ महिनामा सम्पन्न गर्ने बताएका छन् ।
सभाहलको निर्माण भएपछि लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन साधना तथा ध्यान गर्न र लुम्बिनीको प्रवद्र्धनमा समेत महŒवपूर्ण भूमिका हुने भनाइ छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले भवनको लागत ४१ करोड भए पनि टेन्डर प्रक्रियामा जाँदा ३१ करोडको हारहारीमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको बताए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij