
अर्थ नेपाल काठमाडौं/ नेपाल हर्व तथा हर्बल उत्पादक संघले ‘अमृत जडीबुटी तपोभूमीको सकल्प, प्रयोग गरौ आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडीबुटी उद्यम’ भन्ने नारा सहित ७ औं ‘नेपाल हर्व आयुर्वेदा एक्स्पो २०१८’ आयोजना गर्ने भएको छ ।
काठमाडौको भृकुटीमण्डपमा यही बैशाख २१ देखि २३ सम्म एक्स्पो आयोजना हुने आयोजकले जनाएको छ । मेला ३ दिनसम्म चल्ने छ । जहाँ देशभर फैलिएर ब्यवसाय गरिरहेका १०० भन्दा बढी ब्यवसायीले आफ्नो स्टल राख्नेछन् । यसमेलामा अर्गानिक प्रमाणित जडीबुटी, कृषि उत्पादन, नेचुरल एग्रो प्रडक्टहरु, आर्युवेदिक औषधी र उपचार सेवा, सुगन्धित तेल, प्राकृतिक मह, यस क्षेत्रसँग सम्बन्धीत प्रसोधन गर्ने मेसिनरी, तथा टुल्सहरु, कस्मेटीक प्रडक्टहरु, होमियोपेथी, नेचुरल ट्रिटमेन्ट, वनस्पतिका बिरुवा ,बिजन, लगायतका स्टलहरु रहने छन् ।
स्थापनाकालदेखी नै जडीबुटी उद्यम र व्यापारमा क्रियाशिल रही व्यवसायीक हकहित तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार प्रर्वद्धन र यसको व्यवस्थित विकासका लागि एक्स्पोको आयोजना गर्न लागिएको संघले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij